Logo

राजनीति

धरान प्रमुख हर्क साम्पाङको आरोप: ‘प्रधानमन्त्रीको नाम दूतावासमै तय हुने गर्छ’



काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री र मन्त्री बन्ने व्यक्तिहरूको नाम विदेशी दूतावासमार्फत पूर्वनिर्धारित हुने गरेको आरोप लगाएका छन् ।

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै उनले युवाले देश चलाउनुपर्छ भन्ने माग उठे पनि त्यसको सुनुवाइ नभएको बताए । उनका अनुसार जेन–जी पुस्ताले देश हर्क साम्पाङ वा बालेन शाहले चलाउनुपर्छ भनेपनि, नेतृत्व फेरि वृद्ध राजनीतिज्ञहरूकै हातमा गएको छ ।

साम्पाङले आफू कुनै शक्तिकेन्द्र वा विदेशी प्रभावको गोटी नभएको दाबी गर्दै प्रधानमन्त्री बन्न नपाउनुको कारण दूतावासमा आफ्नो नाम नपरेको बताएको छन् ।

उनले विषम परिस्थितिमा समाधान खोज्ने प्रयास गर्दा आफूलाई पदलोलुप भन्ने आरोप लगाइएको भन्दै खण्डन पनि गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : ३८ बजे