Logo

मुख्य समाचार

मुम्बईमा भारी वर्षा, भारतीय मौसम विभागद्वारा रेड अलर्ट जारी



काठमाडौं । भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बईमा लगातार भारी वर्षा हुने पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ । लगातार दोस्रो दिनदेखि भइरहेको वर्षाले कोलाबा तटीय वेधशालामा आइतबार र सोमबार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको विभागले जनाएको छ ।

भारी वर्षाका कारण मुम्बईमा रेल सेवामा अवरोध सिर्जना भएको छ । रेलमार्गमा पानी जम्दा रेलको आवागमन आंशिक रूपमा प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ११ : ३१ बजे