काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (IOC) ले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ४६ पैसा बढाए पनि नेपालमा मूल्य समायोजन गरिएको छैन।
निगमले आसन्न चाडपर्व र हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको जनाएको छ।
हाल पेट्रोलको मूल्य:
- पहिलो वर्ग: रु १५८.५०
- दोस्रो वर्ग: रु १६०
- तेस्रो वर्ग: रु १६१
डिजेल तथा मट्टीतेलको मूल्य:
- पहिलो वर्ग: रु १४२.५०
- दोस्रो वर्ग: रु १४४
- तेस्रो वर्ग: रु १४५
क्षेत्र वर्गीकरणअनुसार, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखिएको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा, जबकि काठमाडौं, पोखरा र दीपायल तेस्रो वर्गमा पर्ने छन्।
प्रतिक्रिया