Logo

समाचार

नेपाल प्रहरीले जेन–जी आन्दोलनमा मृत प्रहरीको परिवारलाई १० लाख दिने निर्णय



काठमाडौं – जेन–जी आन्दोलनका क्रममा निधन भएका प्रहरी कर्मचारीको परिवारलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

नेपाल प्रहरीले महानिरीक्षकदेखि निरीक्षकसम्मको तलब कट्टा गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ३ जना प्रहरीको मृत्यु भएको थियो।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ४० बजे