Logo

अर्थ

देशभर ६८ बैंक शाखा र ६९ एटीएममा क्षति



काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएममा क्षति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका अनुसार प्रदर्शनका क्रममा बैंक तथा वित्तीय संस्थाभन्दा सरकारी र निजी भवनहरू बढी निशानामा परेका थिए।

पौडेलले राष्ट्र बैंकको प्रणाली भने प्रभावित नभएको बताए। “राष्ट्र बैंकको सिस्टम ठीकठाक छ,” उनले अर्थमन्त्री रामेश्वर खनाललाई स्वागत गर्दै भने। उनका अनुसार वर्तमान अवस्थामा जनताको मनोबल बढाउने र व्यवसायीलाई पुराना कुरा भुलेर आगामी दिनका लागि काम गर्न प्रोत्साहित गर्ने राष्ट्र बैंकको प्राथमिकता हो।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ०२ बजे