काठमाडौं । नेपालले साफ यू–१७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा आज श्रीलंकासँग खेल्दै छ। श्रीलंकाको रेसकोर्स रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुकी ७ः१५ बजे सुरु हुनेछ।
नेपाल र श्रीलंका दुवै टोली समूह ‘ए’मा छन्, जहाँ बंगलादेश पनि समावेश छ। अर्को समूह ‘बी’मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।
प्रतियोगिता असोज ११ गते (सेप्टेम्बर २७) सम्म चल्नेछ। प्रशिक्षक सञ्जित सिंहको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली गत भदौ २९ गते श्रीलंका पुगेको थियो।
प्रतिक्रिया