काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार शीतल निवासमा आयोजित समारोहमा घिसिङले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
घिसिङलाई सात महिना अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको थियो। बर्खास्तीपछि पहिलोपटक उनी विभागीय मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन्।
प्रतिक्रिया