काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी पुनर्गठनको माग गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले छिटो तर सुविचारित निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका हुन्।
बास्कोटाले पार्टीमा देखिएको संकट रोक्न तत्काल कदम चाल्न आवश्यक रहेको उल्लेख गर्दै दलबिना गणतन्त्र र गणतन्त्रबिना समाज सम्भव नभएको तर्क प्रस्तुत गरेका छन्। उनका अनुसार समय र समाज विज्ञानका नियमअनुसार नेतृत्व परिवर्तन अनिवार्य हुने भएकाले सबै तयार हुनुपर्नेछ।
भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहस तीव्र बनेको छ।
प्रतिक्रिया