Logo

Breaking News 1

बाजुरा लगायत सुदूरपश्चिममा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन



बाजुरा । दसैँ, तिहार र छठलाई लक्षित गरी बाजुरा लगायत सुदूरपश्चिमका विभिन्न स्थानमा आज (सोमबार)देखि सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् ।

खाद्य व्यवस्था कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाले चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइने जानकारी दिए । कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरा, बैतडी, दार्चुला र अछामका शाखा तथा बिक्री केन्द्रमार्फत सेवा उपलब्ध हुनेछ ।

यस्तै, साल्ट ट्रेडिङका प्रमुख तेजबहादुर कुँवरका अनुसार नुनमा प्रतिकिलो दुई, चिनीमा पाँच, तेल, चिउरा, मैदा, पीठो र दालमा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइनेछ । साल्ट ट्रेडिङले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र डडेलधुराका विभिन्न स्थानबाट पसल सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ९ : ५२ बजे