Logo

मुख्य समाचार

२५ सेप्टेम्बरदेखि नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाङ्जाउ उडान सुरु



काठमाडौं – नेपाल वायुसेवा निगमले २५ सेप्टेम्बर २०२५ देखि काठमाडौं–ग्वाङ्जाउ हवाई उडान सुरु गर्ने भएको छ। निगमले चीनको ग्वाङ्जाउलाई नयाँ गन्तव्यका रूपमा चयन गरेको हो।

निगमका अनुसार प्रारम्भिक चरणमा उक्त उडान ‘प्रमोसनल फ्लाइट’का रूपमा सञ्चालन गरिनेछ। नयाँ गन्तव्य थपसँगै यात्रुहरूको सुविधा र छिमेकी मुलुकहरूसँगको हवाई सम्पर्क सुदृढ हुने निगमको दाबी छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : ३६ बजे