काठमाडौं — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी केन्द्र)सहित विभिन्न कम्युनिष्ट घटकहरूसँग एकता र ध्रुवीकरणका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
गत भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य रहेका छन्।
यसअघि माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपालगायत कम्युनिष्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो। दुवै पक्षबीच लामो समयदेखि एकताको चर्चा चल्दै आएको भए पनि निष्कर्षमा पुगिएको छैन।
प्रतिक्रिया