काठमाडौं । हालै सम्पन्न राजनीतिक परिवर्तनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै योङ इन्डिजिनिष्ट लिग (वाइआइएल) ले एक प्रेस वक्तव्य जारी गर्दै परिवर्तन प्रक्रियामा सक्रिय भूमिका निभाउने जेनजी युवाहरूको साहस, जागरुकता र नेतृत्व क्षमता प्रति उच्च सम्मान व्यक्त गरेको छ ।
योङ इन्डिजिनिष्ट लिगका संयोजक सनम लिम्बुले हस्ताक्षरित वक्तव्यमा आन्दोलनका क्रममा सहिद भएका क्रान्तिकारी योद्धाहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै, मृतक र पीडित परिवारजनप्रति समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘यो परिवर्तन देशको इतिहासमा नयाँ अध्यायको सुरुवात हो र यसका नायकहरू युवा पुस्ताका जागरुक प्रतिनिधिहरू हुन् ।’
देशको चुनौतीपूर्ण अवस्थालाई सफलतापूर्वक व्यवस्थापन गर्ने क्रममा देखाएको भूमिकाको सराहना गर्दै योङ इन्डिजिनिष्टले नेपाली सेना तथा अन्य सुरक्षा निकायप्रति उच्च प्रशंसा व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, ‘संकटको समयमा सुरक्षा निकायहरूले देखाएको व्यावसायिकता, संयमता र राष्ट्रहितमा लिएको भूमिका प्रशंसायोग्य छ ।’
योङ इन्डिजिनिष्टले पुराना राजनीतिक दलहरूका भ्रष्ट युवा संगठनहरूसँग संलग्न ठेकेदार, घुसखोर तथा गुन्डा तत्त्वहरूले जेनजी युवामाथि गर्न सक्ने सम्भावित आक्रमण वा षड्यन्त्रविरुद्ध आफूहरु दृढतापूर्वक उभिने जनाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘थ्क्ष्ी अभिभावकीय भूमिकामा रही क्रान्तिकारी युवा पुस्ताको सुरक्षा सुनिश्चित गर्न दृढतापूर्वक उभिनेछ र कुनै पनि षड्यन्त्र वा आक्रमणलाई कदापि स्वीकार्ने छैन ।’
प्रतिक्रिया