Logo

राजनीति

नेतृत्व र संगठनमा पुनर्गठनको माग : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे



काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेतृत्व र संगठनमा व्यापक पुनर्गठन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले हालको राजनीतिक परिदृश्यले सबै दललाई नयाँ दृष्टिकोणबाट सोच्न बाध्य बनाएको बताए।

उनका अनुसार ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाले दलहरूको अवस्था गम्भीर बन्दै गएको छ। उनले भने, “हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थाले सबै दलको अवस्था गम्भीर बनाएको छ। यस्तो संकटमा कार्यकर्ता र नेताहरूले धैर्यधारण गर्दै अघि बढ्नुपर्छ।”

पाण्डेले दल र नेताहरूलाई आफ्ना कामको मूल्यांकन गरी सही मार्ग पहिल्याउन, राजनीतिक स्थिरता र विकासका उपायहरू खोज्न तथा नयाँ सोचसहित अघि बढ्न आग्रह गरे। उनले नेतृत्व र संगठनमा पुनर्गठन समयको आवश्यकता भएको स्पष्ट पारे।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ३ : २५ बजे