Logo

समाचार

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई १० लाख



काठमाडौं । नयाँ नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेकी छन्। उनले प्रत्येक मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेकी छन्।

कार्कीले शनिबार बिहान सिंहदरबारभित्रको नयाँ गृह मन्त्रालय भवनमा पदबहाली गरेकी हुन्। पदभार ग्रहण समारोहमा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ०२ बजे