Logo

मुख्य समाचार

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण : एमाले महासचिव पोखरेल


२७ भाद्र २०८२, शुक्रबार  

276
Shares

काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद् विघटनतर्फ देखिएको पहलप्रति आपत्ति जनाएका छन्। शुक्रबार एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले विगतमा बहुमत प्राप्त प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटनलाई असंवैधानिक ठहर गर्नेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।

उनले राजनीतिक नेतृत्व र सरोकारवालाहरुलाई सतर्क रहन र खबरदारी गर्न आग्रह गरे। पोखरेलले संसद् विघटनलाई संविधान र लोकतान्त्रिक प्रक्रियाको अपमानका रूपमा लिँदै यसको प्रतिवादमा उभिनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : २८ बजे