काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ)का लागि वैकल्पिक भवन व्यवस्थापन सुरु भएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी भई भवन पूर्ण रूपमा नष्ट भएपछि तत्कालका लागि नयाँ गृह मन्त्रालय भवनलाई अस्थायी पीएमओका रूपमा प्रयोग गर्ने तयारी भएको हो।
सिंहदरबारभित्र निर्माणको अन्तिम चरणमा पुगेको उक्त भवनमा आवश्यक फर्निचर, उपकरण र सरसफाइको काम तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।
सिंहदरबारको मुख्य भवनमा रहेको पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीपछि प्रयोग अयोग्य भएपछि सरकारले वैकल्पिक कार्यालयको खोजी गरेको हो।
प्रतिक्रिया