काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । बिहीबार राष्ट्रपति र सभामुखबीच शीतलनिवासमा भेट भएको जनाएकाे छ ।
सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
भेटमा सभामुख घिमिरेले संसद् बस्नुपर्ने र बोलाउनुपर्ने धारणा राखेका थिए । साथै, पछिल्लो परिस्थितिको निकासबारे पनि राष्ट्रपतिलाई सोधेका थिए ।
प्रतिक्रिया