Logo

समाचार

जेनजी आन्दोलनको नेतृत्वमा सुशीला कार्की? संविधानभित्रै समाधान खोज्ने संकेत



काठमाडौं ।जेनरेशन जेड (जेनजी) आन्दोलनका प्रतिनिधिहरूले आन्दोलनको नेतृत्व सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिन सकिने संकेत दिएका छन्। उनीहरूले वर्तमान संविधानभित्रै समाधान खोज्न सकिने धारणा राखेका छन्।

यद्यपि कार्कीको सिधै सिंहदरबार प्रवेश गर्ने स्पष्ट संवैधानिक प्रावधान छैन। तर, ‘आवश्यकताको सिद्धान्त’ प्रयोग गरेर संवैधानिक व्यवस्था अन्तर्गतै उनको भूमिका सुनिश्चित गर्न सकिने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।

आन्दोलनरत युवाहरूले वैधानिक प्रक्रिया र शान्तिपूर्ण माध्यमबाट संस्थागत सुधारको पक्षमा रहेको जनाउँदै, अनुभव, निष्ठा र निर्भीकताका आधारमा कार्कीप्रति विश्वास व्यक्त गरेका छन्। कार्की स्वयंले यसबारे औपचारिक धारणा सार्वजनिक नगरे पनि नेतृत्व लिने सम्भावनाबारे राजनीतिक र नागरिक वृत्तमा बहस सुरु भएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ७ : ५९ बजे