Logo

समाचार

काठमाडौं उपत्यकामा प्रहरी सक्रिय, सडकमा टोली खटाइयो



काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरी सक्रिय बन्दै गएको छ । उपत्यका प्रहरी परिसरका अनुसार, ड्युटीका लागि प्रहरी टोलीहरू सडकमा खटाइँदै छन् ।

भदौ २३ र २४ मा उग्र बनेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी गर्नुका साथै हातहतियार र पोसाक लुटेका थिए । प्रहरीले भागेका कैदीहरूलाई सम्पर्कमा आउन र लुटिएका हातहतियार तथा पोसाक फिर्ता दिन सर्वसाधारणसँग अपिल गरेको छ ।

प्रदर्शनकारीको आक्रमणपछि प्रहरी अस्थायी रूपमा सैनिक व्यारेकमा पुगेको थियो । यसअघि देशको सुरक्षा नियन्त्रण नेपाली सेनाले लिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ५ : १४ बजे