Logo

समाचार

काठमाडौं उपत्यकामा कर्फ्यु २७ भदौ बिहान ६ बजेसम्म थप



काठमाडौं — नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा तथा कर्फ्युको समय २७ भदौ बिहान ६ बजेसम्म थप गरेको छ। सेनाले बिहीबार विज्ञप्ति जारी गर्दै सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै कर्फ्यु अवधि बढाइएको जानकारी दिएको हो।

सेनाका अनुसार कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन र संस्था सञ्चालन गर्न सकिनेछ। दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ भदौ बिहान ६ देखि ९ बजे र साँझ ५ देखि ७ बजेसम्म बजार खुला रहने व्यवस्था मिलाइएको छ।

सेनाले यस अवधिमा नागरिकलाई स–सानो समूहमा मात्र कार्य गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ११ : ३३ बजे