Logo

Breaking News 1

रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु, ११ जना घाइते



रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।

हाल कारागारमा ३३४ जना कैदीबन्दिहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ९ : १७ बजे