काठमाडौं । नेपाली सेनाले जंगी अड्डा बाहिर पुगेका ‘जेनजी’ समूहका प्रतिनिधिलाई समूहको नेतृत्व चयन गरी नामसहित आउन आग्रह गरेको छ।
बिहीबार जंगी अड्डा बाहिर पुगेका दुई समूहबीच नेतृत्वको विषयमा विवाद बढेपछि सेनाले माइकिङ गर्दै नेतृत्व स्पष्ट पार्न आग्रह गरेको हो। एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा राख्नुपर्ने धारणा राखेको छ भने अर्को समूहले धरानका मेयर हर्क साम्पाङलाई नेतृत्व दिनुपर्ने अडान लिएको छ।
विवाद बढेपछि जंगी अड्डामा खटिएका सेनाका अधिकारीहरूले माइकमार्फत भने, “अहिले यहाँ विवाद गर्नुको अर्थ छैन। नाम भोलि लेखेर दिनुहोस्। समूह लिडर एक जना बनाउनुहोस्। १० जना नेतृत्व हो भने फोन नम्बरसहित नेता चयन गरेर आउनुहोस्।”
प्रतिक्रिया