Logo

मुख्य समाचार

अन्तरिम सरकारको नेतृत्वमा सुशिला कार्कीको नाम अघि सारियो



काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे नेपाली सेनाले सरोकारवालासँग छलफल थालेको छ । सेनाले जेनजी पुस्ताका प्रतिनिधिहरूसँग वार्ता जारी राखेको जनाएको छ ।

जेनजी पुस्ताले हालको संसद् विघटन गरी अन्तरिम सरकार गठनको माग अघि सारेका छन् । उनीहरूले साझा व्यक्तित्वको नेतृत्वमा मुलुक अघि बढ्नुपर्ने अडान राखेका छन् ।

अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम चर्चामा आएको छ । कार्की हालै प्रहरी दमनको विरोधमा प्रदर्शनमा सहभागी भएकी थिइन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको नाम पनि सम्भावित नेतृत्वका रूपमा आएको छ, तर उनले यसबारे सहमति जनाइसकेको छैन ।

नेपाली सेनाले आजदेखि अन्तरिम सरकार गठन र राजनीतिक निकासका विषयमा निरन्तर छलफल सुरु गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : २० बजे