Logo

समाचार

कास्की कारागारबाट ७७४ कैदी फरार



पोखरा । कास्की कारागारबाट मंगलबार ७७४ कैदी फरार भएका छन्। कारागारका सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले कैदीहरूलाई भगाएका हुन्।

कारागारका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदी फरार भएको कुँवरले जानकारी दिए। उनका अनुसार आफू कार्यालय समय सकिएपछि बाहिरिएको र त्यसपछि कैदीहरू भगाइएका हुन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ४४ बजे