Logo

समाचार

कुलमान घिसिङको आग्रह– “संयमता अपनाऔँ, संरचना नभत्काऔँ”



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनकारीलाई संयमता अपनाउन आग्रह गरेका छन् । मंगलबार साँझ काठमाडौंको बौद्धमा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभामा सहभागी हुँदै उनले संरचना भत्काउन रोक लगाउन अपिल गरे ।

घिसिङले आन्दोलनको उपलब्धि हासिल भइसकेको भन्दै अब देश निर्माणतर्फ ध्यान दिनुपर्ने बताएका छन् । “हामीले जितिसक्यौँ । सरकार चलाउनेहरूले राजीनामा गरिसक्नुभयो । अब संयम भएर अगाडि बढ्नुपर्ने बेला आएको छ,” उनले भने ।

उनले ज्यान गुमाएका प्रदर्शनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।

जेनजी आन्दोलनको क्रममा सोमबार प्रहरीले चलाएको गोली लागी १९ जनाको मृत्यु भएको थियो भने मंगलबार देशका विभिन्न स्थानमा तोडफोड र आगजनी भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ५४ बजे