काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आन्दोलनरत नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै आन्दोलनका क्रममा सहिदप्रति श्रद्धाञ्जलि अर्पण र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। उनले आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै राष्ट्रका सम्पत्ति जोगाउन आह्वान गरेका छन्।
उनका अनुसार प्रहरी, सुरक्षा निकाय र न्यायालयसँग सम्बन्धित दस्तावेजहरू राष्ट्रका संवेदनशील सम्पत्ति भएकाले तिनको सुरक्षा आवश्यक छ। सरकारी सम्पत्तिमा क्षति पुगे राष्ट्रकै क्षति हुने भएकाले यसको संरक्षण आन्दोलनकारीकै जिम्मेवारी भएको उनले बताएका छन्।
लामिछानेले आन्दोलनलाई शुद्ध जेनरेशन जेड (Gen Z) को आन्दोलनको रुपमा परिभाषित गर्दै मुलुकको नेतृत्व उनीहरूको माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कारागारबाट कानुनी प्रक्रिया पूरा गरेरमात्र रिहा भएको जानकारी दिँदै उनले भविष्यमा आवश्यक कानुनी प्रक्रियामा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया