काठमाडौं – जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा सोमबार भएको प्रदर्शनपछि आगजनी गरेको छ।
प्रदर्शनकारहरूले काठमाडौंको टंगालस्थित अख्तियार कार्यालयमा आगजनी गरेका हुन्। हिंसात्मक प्रदर्शनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र शीर्ष नेताका घरमा समेत तोडफोड भएको जनाएको छ।
सोमबार र मंगलबारको प्रदर्शनमा हालसम्म २१ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
अधिकारिहरूले सुरक्षा बल परिचालन गरी स्थिति नियन्त्रणमा राख्न खोजेका छन्। घटनाको थप विवरण र अनुसन्धान जारी छ।
प्रतिक्रिया