काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतको निजी निवासमा आगजनी गरिएको छ ।
काठमाडौंको बाँसवारीस्थित नेता महतको घरमा मंगलबार प्रदर्शनरत युवाहरुले आगजनी गरेका हुन् ।
पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको घरमा समेत तोडफोड भएको छ ।
आज प्रदर्शनरत युवाहरुले संसद् भवन नयाँ वानेश्वरमा समेत आगजनी गरेका छन् । केहीबेरअघि संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका छन् ।
प्रतिक्रिया