Logo

Breaking News 1

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आव्हान गरेको छ । मंगलबार बैठक बस्न पार्टी कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक गरेका हुन् ।

बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ३२ बजे