काठमाडौं । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी गरेको निर्णय सोमबार पनि फिर्ता गरेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए।
बैठकमा स्वास्थ्य मन्त्री प्रदिप पौडेलसहित नेपाली कांग्रेसका मन्त्रीहरुले उक्त निर्णय फिर्ता लिनुपर्ने सुझाव दिएका थिए। मन्त्री पौडेलले जनताले प्राविधिक र कानुनी पक्ष नबुझेकाले असन्तुष्टि बढेको बताउँदै समाधानका लागि दर्ता प्रक्रियामा कूटनीतिक पहल थाल्नुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताएका छन्।
यसैबीच आइतबार १९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्ड छानबिनका लागि समिति गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। तर, समितिमा रहने सदस्यहरूको टुंगो भने लाग्न बाँकी छ।
प्रतिक्रिया