काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
कांग्रेस पदाधिकारी बैठकपछि देउवाले प्रधानमन्त्रीलाई फोनमार्फत निर्णय फिर्ता लिन आग्रह गरेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन्। उनका अनुसार पार्टी बैठकले निर्णयबारे प्रधानमन्त्रीलाई अवगत गराउने निष्कर्ष निकालेको थियो।
सरकारले हालै सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
प्रतिक्रिया