Logo

समाचार

ट्रमा सेन्टरमा मृत्यु भएका आठमध्ये छ जनाको पहिचान



काठमाडौं । काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएका आठजनामध्ये छजनाको पहिचान खुल्ने गरी अस्पतालले जानकारी दिएको छ।

मृतकमा ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठेगाना नखुलेका २८ वर्षीय गौरव जोशी, २४ वर्षीय सौरभ कटुवाल र काठमाडौं बनस्थलीका २६ वर्षीय ईश्वतबहादुर अधिकारी रहेका छन्।

करिब २६–२७ वर्ष उमेरका दुईजनाको भने नाम खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : १६ बजे