Logo

मुख्य समाचार

पूर्वगृहमन्त्री खाँणको घरसहित पार्टी कार्यालयमा तोडफोड



बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित घरमा ‘जेनजी’ प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ०० बजे