Logo

मुख्य समाचार

रास्वपाको माग– सरकारको बर्खास्ती र ताजा जनादेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले तत्काल राजीनामा दिनुका साथै ताजा जनादेश लिनुपर्ने माग गरेको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमनको भर्त्सना गर्दै सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

विज्ञप्तिमा आन्दोलनका क्रममा भएको गोलीप्रयोगलाई “आमहत्याकाण्ड” उल्लेख गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीसहित दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र आन्दोलनमा मारिएका प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्वमा रहेको वर्तमान संसदले वैधता गुमाएको दाबी गर्दै शीघ्र निर्वाचनमार्फत जनताबाटै नयाँ जनादेश लिनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ४५ बजे