Logo

समाचार

‘हरेक क्षेत्र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेन्’



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वराष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्दा समस्या आउने गरेको औंल्याएका छन् ।

सोमबार सामाजिक सन्जालमा लेख्दै उनले जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेकोे बताए ।

उनले हाम्रो देश, नाम मात्रको मात्र देश भएको बताएका उनले जता हेरे त्यतै निराशा, काम भन्दा भाषण बढी भएकोमा दुःख व्यक्त समेत गरे ।

उनले गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता नभएको समेत बताए ।

उनले लेखेका छन्,‘हाम्रो देश, नामको देश, जता हेरे,त्यतै निराशा, काम भन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश ,मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली । शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ  । निशब्द ।’

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : ५२ बजे