Logo

समाचार

जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो



काठमाडौं ।  जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ ।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १३ जना प्रदर्शनकारीको निधन भएको हो ।

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ ।

त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ४ : ०८ बजे