काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक आह्वान गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा जेनजी आन्दोलन र सामाजिक सञ्जाल बन्दबारे आधिकारिक धारणा तय गरिने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
उनका अनुसार बैठकमा उपत्यकामा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। आज बिहानै महामन्त्री शर्मासहित गगन थापाले सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय फिर्ता गर्न दबाब दिन आग्रह गरेका थिए। बैठकले औपचारिक निर्णय गरी सरकारले गरेको कदमविरुद्ध दबाब दिने कांग्रेसको तयारी छ।
प्रतिक्रिया