Logo

समाचार

‘जेनजी’को प्रदर्शनमा मृत्यु हुनेको संख्या नौ



काठमाडौं । राजधानीमा ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार मृत्यु हुनेको संख्या नौ पुगेको छ। काठमाडौंको बानेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका नौ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

राष्ट्रिय ट्रमा सेन्टरमा ६, काठमाडौं मेडिकल कलेजमा एक, सिभिल अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक गरी नौ जनाको मृत्यु भएको अस्पतालहरूले पुष्टि गरेका छन्।

घाइतेहरूको संख्या बढ्दै गएपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ। सिभिल अस्पतालका निर्देशक डा. मोहन रेग्मीका अनुसार अस्पतालमा मात्रै करिब ८० देखि ९० जना घाइते भर्ना भएका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ५७ बजे