Logo

मुख्य समाचार

नेपाललाई पर्यटन क्षेत्रले ठूलो योगदान पुर्याएको छ : उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाललाई पर्यटन क्षेत्रले ठूलो योगदान पुर्याएको बताएका छन् ।

सोमबार रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको ३५ औँ बार्षिक साधारण सभामा उनले नेपाललाई पर्यटन क्षेत्रलाई योगदान पुर्याएको भन्दै पर्यटन क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए ।

उनले महिनैपिच्छे रेमिट्यान्स बढेको बेला रमाउन आवश्यक नरहेको भन्दै अबको १० बर्षमा एकदमै गाह्रो परिस्थिति बन्ने बताए ।

उनले यही रेमिट्यान्सकै भरमा बस्ने हो भने १० बर्षपछि युवाहरुलाई बाहिर पठाउने क्षमता पनि घट्ने भएकाले त्यसलाई गम्भीर रुपमा सोच्न जरुरी रहेको बताए ।

त्यस्तै उनले युवा पलायनले गर्दा अर्थतन्त्र घटिरहेको पनि बताए ।  उनले जनसंख्या वृद्धि घट्दो रहेको भन्दै गत वर्षको जन्मदर जम्मा दुई लाख प्लस शिशुहरुको जन्म भएको बताएका छन् ।

उनले राज्यले पनि खर्च गर्न नसकेको भन्दै विकास निमार्णको बजेटपनि घट्दो क्रममा  रहेको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ३८ बजे