Logo

मुख्य समाचार

जनकपुरधाममा जेनजी पुस्ता सडकमा, कडा आन्दोलनमा जाने चेतावनी



जनकपुर । जनकपुरधाममा जेनजी (नयाँ पुस्ता)हरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

धनुषाका विभिन्न स्थानहरुबाट एकजुट भएर जानकी मन्दिरको प्राङ्गणमा जुटेका जेनजीहरुले सरकारविरुद्ध नारा लगाउँदै जनकपुरधाममा जुलुस निकालेका छन् । जानकी मन्दिर हुँदै, जनक चोक, भानु चोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि सडक अवरुद्ध गरेर उनीहरुले सरकारविरुद्ध नारावाजी गरेका छन् ।

जेनजीहरुले, भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दाबाद, भ्रष्टाचार लुकाउन सामाजिक सञ्जाल बन्द गर्न पाइँदैनलगायतका नारा लगाएका छन् ।

उनीहरुले आफूहरुले सरकारलाई ध्यानाकर्षण गराउन मात्र आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध नहटाए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

आजै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा बेलुका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ५२ बजे