Logo

मुख्य समाचार

प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते



काठमाडौं । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ,  नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका हुन् ।

पत्रकार ढुंगानालाई अस्पताल भर्ना गरिएको छ । उता सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ४८ बजे