Logo

राजनीति

सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक



काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कफ्र्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह  १ः१५ बजे बस्ने गरी सारिएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।

जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु जारी गरिसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ४० बजे