काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आज दिउँसो तनाव सिर्जना भएपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ।
जेनजेड पुस्ताको आन्दोलन संसद् भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। तर प्रदर्शनकारी नहटेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी राखेपछि प्रहरीले रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया