सरकारको भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सडकका दुवै लेन ढाकेर बानेश्वर पुगेका छन् । जेनजीहरुले भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर कलेज र स्कुल पोशाकमा समेत प्रदर्शन गरेका छन्। स्वत:स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन् । आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ ।







प्रतिक्रिया