Logo

मुख्य समाचार

‘हाम्रो पात्रो’ नयाँ दर्ता होइन, सामाजिक सञ्जाल पनि होइन : कम्पनी



काठमाडौं – ‘हाम्रो पात्रो’ले आफू सामाजिक सञ्जालको श्रेणीमा नपर्ने र नेपालमा नयाँ दर्ता नभएको स्पष्ट गरेको छ। कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै २०७३ सालमै स्मार्ट आइडियाज प्रालिअन्तर्गत दर्ता भएको जनाएको हो।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा गरिएको सूचीकरण भने हालसालै मात्र भएको कम्पनीले स्पष्ट पारेको छ। “दर्ता नयाँ भएको होइन, कानुनी व्याख्याअनुसार हाम्रो पात्रो सामाजिक सञ्जालमा पनि पर्दैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ५५ बजे