Logo

अर्थ

चार सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ । आइतबार २ हजार ५ सयले कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ५१ बजे