बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ मा ‘एक घर,एक धारा ’ अभियान अन्तरर्गत ८८ धारा निमार्ण गरिएका छन् । वडाको गुलढुङ्ग्रा–सिराडी, माथिल्लो–तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका हुन् ।
अन्य ठाउँमा खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको छ । स्थानीय जनताको आधारभूत आवश्यकता,खानेपानीलाई उच्च प्राथमिकता राख्दै सबै गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण कार्य गतिशील रूपमा अघि बढाइएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
वडाको गुलढुङ्ग्रा,सिराडी, माथिल्लो तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका छन् । बाँकी रहेका ठाउँमा खानेपानी निमार्ण कार्यलाई विभिन्न ठाउँमा समन्वय सहकार्य गरि अघि बढाईएको पाध्यायले बताए ।
गुलढुङ्ग्रा–सिराडीमा २० वटा खानेपानीका धारा, माथिल्लो–तल्लो सुनकानामा १६ धारा,भुगाडिपाटामा २५ धारा,गोपिसेरामा २३ वटा धारा,माउलेखमा ३ र केलरुखमा १ गरेर ८८ वटा खानेपानीका धाराहरुको निमार्ण सम्पन्न गरिएको वडा अध्यक्ष पाध्यायले बताए ।
साथै, ढम्कने, रजातोली, खम्म, पोखरा, तलगाउँ र तल्लो सुनकानाका लागि पनि खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको पाध्यायको भनाइ छ । घर घरमै खानेपानीका धारा निमार्ण पछि निकै सहज भएको बडीमालिका ७ गोपीसेराकी अम्बिका पाध्यायले बताईन् । घर नजिकैको धारामा पानी आउँदा भगवान आए जस्तो महसुस भएको पाध्यायको भनाइ छ ।
प्रतिक्रिया