Logo

Breaking News 1

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा



काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो ।

यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो । त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडमार्फत तथा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सिटी होटलको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ३५ बजे