Logo

मुख्य समाचार

नेपाल ईभी प्रवद्र्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव



काठमाडौं । नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवद्र्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा आयोजित ‘केन्द्रबिन्दु ईभी बज (पोलिसी डिस्कोर्स २०८२)’ कार्यक्रममा बोल्दै सचिव उपाध्यायले ईभी क्षेत्रलाई थप सुदृढ बनाउन नीति, प्रक्रिया, निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘पछिल्लो समय विश्वकै परिदृश्यमा नेपाल ईभी प्रमोशन गर्ने सिंगल डिजिटको कन्ट्रीमा आइसकेको अवस्थामा पनि केही पोलिसीमा गर्नुपर्ने रिफर्महरू, केही प्रोसेसमा गर्नुपर्ने रिफर्महरू, केही प्राइभेट सेक्टरको इनिसिएटिभहरू हुनुपर्ने र केही पब्लिक सेक्टर र पिपुल सेक्टरमा पनि धारणा क्लियर गराउनुपर्ने थप जागरुकता सिर्जना गर्न आवश्यक छ ।’

उनले ईभी क्षेत्रको प्रमुख समस्याको रूपमा रहेको पूर्वाधार विकासका लागि सार्वजनिक–निजी सहकार्य (पब्लिक–प्राइभेट पार्टनरसिप) अनिवार्य भएको बताए ।

कार्यक्रममा उनले नीति निर्माणमा आवश्यक सुधारसहित सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘पोलिसी बनाउनुपर्ने समेत आवश्यकता देखिन्छ । यो सेक्टरको प्रमुख समस्याको रुपमा रहेको जुन पूर्वाधार विकास छ यो पूर्वाधार विकास डेभलपमेन्ट गर्न पब्लिक र  प्राईभेट सेक्टरले  पार्टनरसिप गर्नुपर्ने अवस्था छ ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ४४ बजे