काठमाडौं । बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
आइतबार बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्विस कमाण्ड र स्टाफ कोर्स २०२५ मा सहभागी हुन नेपाल आएका डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेज (DSCSC) का शिक्षार्थीहरूले भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण गरी नेपाली सेनाका बारेमा जानकारी गराएका हुन् ।
नेपालको ७ दिने अध्ययन भ्रमणका लागि हिजो शनिबार नेपाल आएको ५२ सदस्यीय भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ ।
यस किसिमको भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया